एजेन्सी
किभ, १९ फागुन।
युक्रेनविरुद्ध रुसी हमलाको निन्दा गर्ने राष्ट्रसंघको महासभाको प्रस्तावमा भारत फेरि तटस्थ बसेको छ । मस्को र किभबीचको बढ्दो तनाबमाथि राष्ट्रसंघको महासभाको प्रस्तावमा एक सातामा भारत तेस्रो पटक तटस्थ बसेको हो । वाशिंगटनका वरिष्ठ अधिकारीहरूले भारतलाई ‘स्पष्ट अडान लिन’आह्वान गरेका थिए ।
मस्को र पश्चिमसँगको सम्बन्धलाई सन्तुलनमा राख्न खोज्दा भारत युक्रेन मामिलामा एउटा कूटनीतिक कसिलो डोरोबाट हिँडिरहेको देखिन्छ । तर, उसको रणनीतिले विशेषतः पश्चिमा देशमा प्रश्न खडा गरेको छ ।
विश्वकै ठूलो प्रजातान्त्रिक देश भारतले प्रष्ट अडान लिनु पर्ने पश्चिमा देशहरुले आवाज उठाउँदै आएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |