धादिङ,१८ फागुन।
वयोधा अस्पताल बल्खुले धादिङ गल्छीको अम्बे भरोसा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
फागुन २० गते शुक्रवारका दिन वयोधा अस्पतालको सहयोगमा गल्छीमा रहेको अम्बे भरोसा अस्पतालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो।
स्वास्थ्य शिविरमा सुगर, ई सिजी, बाल रोग, हाड जोर्नी, नशा, स्त्रीरोग, जनरल फिजीशीयन, नाक कान घाँटी, थाइरोइड, दम, मुटु, कलेजो, साधारण चोटपटक, आँखा तथा दन्त उपचार सेवाका विशेषज्ञ सुविधाहरू उपलब्ध गराइने अस्पतालले जनाएको छ।
शिविरमा ल्याब, डिजिटल एक्सरेमा ३० प्रतिशत छुट र औषधीमा १० प्रतिशत छुट दिइने अस्पतालले जनाएको छ।साथै पुराना बिरामीहरूलाई भने पछिल्लो पटकको उपचारको कागजातहरू लिएर आउनका अस्पतालले आव्हान गरेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |