काठमाडौं, १८ फागुन ।
कमल थापा नेतृत्वको राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत भएका छन् । अध्यक्ष थापाले पार्टी विधानअनुसार १६ जनालाई केन्द्रीय पदाधिकारीमा मनोनीत गरेको सो पार्टीका प्रवक्त सुरेश आचार्यले जानकारी दिए ।
राप्रपा परित्याग गरी लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको नेतृत्व सम्हालेका अध्यक्ष थापाले ६ जना उपाध्यक्ष, चार जना महामन्त्री र ६ जना सहायक महामन्त्रीमा १६ जनालाई मनोनयन गरेका हुन् ।
प्रवक्ता आचार्यका अनुसार उपाध्यक्षमा राजीब पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्र वीर राय, डा. विष्णु भण्डारी र लाक्पा तामाङ तथा महामन्त्रीमा भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार र राजाराम बर्तौला छन् ।
यसैगरी सहायक महामन्त्री हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिका प्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादवलाई मनोनयन गरिएको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।
मनोनीतमध्ये अधिकांश राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका नेता छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |