न्युयोर्क–बिहीबारदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । मारिनेमा १३ बालबालिका पनि छन् । सो हमलामा ४०० जना घाइते भएका छन् ।
राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयोगका प्रवक्ता लिज थ्रोसेलले युद्धमा मृत्यु हुनेको संख्या त्यो भन्दा बढी हुने बताएका छन् । भारी तोपको गोलाबारी, हवाई हमला र बिस्फोटक पदार्थका कारण अधिकांश हताहत भएको थ्रोसेलले बताए ।
तर, युक्रेन सरकारले सार्वजनिक गरेको तथ्यांकमा भने ३५२ सर्वसाधारणको मृत्यु र १६८४ जना घाइते भएको उल्लेख छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |