काठमाडौं, १८ फागुन।
नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा अमेरिकाले एमसीसीबारे नोट गरेको हो ।
टेलिफोन वार्तामा विदेशमन्त्री ब्लिन्केनले एमसीसीसँग नेपालको अघि बढ्ने निर्णयले नेपालमा रोजगारी, पूर्वाधार र नेपाली जनताको जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गरेको अमेरिकी विदेश मन्त्रालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले नेपाल र अमेरिकबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको स्मरण गरेका थिए । दुई देशका नेताबीच युक्रेन संकटलगायतका विषयमा छलफल भएको थियो । विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले अकारण, अनुचित र नियोजित हमला गरेको बताएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |