काठमाडौं, १८ फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग रुस–युक्रेन युद्धका विषयमा छलफल गरेको बताएका छन् ।
उनले मंगलबार राति अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग टेलिफोन कुराकानीमा रुस–युक्रेन युद्धका विषयमा छलफल भएको ट्वीटर मार्फत जानकारी दिएका हुन् ।
‘अमेरिकी विदेशमन्त्रीसँग कुराकानी भएको छ । नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । हामी हाम्रो प्रगतिको लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौं,’ प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन्, ‘हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल गर्यौं।’
टेलिफोन अमेरिकी विदेशमन्त्रीले गरेका थिए । टेलिफोनमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा पनि छलफल भएको थियो ।
टेलिफोन कुराकानीपछि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एमसीसीलाई लिएर नेपालको संसदले अनुमोदन गरेको ‘व्याख्यात्मक घोषणा’लाय नोट गरेको जनाइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |