धादिङ,१७ फागुन।
रूस र युक्रेनबीच युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
एकपटक ४० डलर प्रतिब्यारेलमा आउने तेल अहिले १ सय डलर प्रतिब्यारेलको हाराहारीमा पुगिसकेको छ ।इण्डियन आयल कर्पोरेशन आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढेका मूल्यसूची पठाएको छ ।
आईओसीले पठाएको मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा, मट्टितेलमा १० रुपैयाँ ३० पैसा र हवाई इन्धनमा ३ रुपैयाँ ३२ पैसा बढेको नेपाल आयल निगमले जनाएको छ ।
अहिलेको स्थितिमा पेट्रोलमा २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ ८ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा रहेको छ ।
नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब ३ अर्ब ९ करोड घाटा हुने स्थिति देखिएको पनि निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।चालू आर्थिक वर्ष २०७८/ ७९ को अहिलेसम्म निगमले करिव २८ अर्ब नोक्सानी व्यहोरिसकेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |