एजेन्सी
मस्को, १६ फागुन
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प्ले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ‘स्मार्ट’ र अमेरिकी नेताहरुलाई लाटा भनेका छन् । रुसी सेनाले युक्रेनमाथिको हमला तीव्र पारिरहेका बेला ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । युक्रेनी हमलाको अमेरिका र उसको पश्चिमा गठबन्धनले विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् ।
‘हिजो मलाई सञ्चारकर्मीहरुले राष्ट्रपति पुटिन स्मार्ट हुन त भनेर सोधेका थिए । मैले उनी निश्चय नै स्मार्ट हुन भनेर जबाफ दिए,’ फ्लोरिडामा कन्जरभेटिभ पोलटिकल एक्सन कन्फरेन्स (सीपीएसी) मा एउटा भेलालाई सम्बोधन गर्दै उनले भने ।
उनले अगाडि थपे, ‘समस्या यो होइन कि पुटिन स्मार्ट छन्, जो पक्कै पनि स्मार्ट छन्, तर वास्तविक समस्या यो हो कि हाम्रा नेताहरू मूर्ख छन् । ’
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |