धादिङ,१६ फागुन।
धादिङको चर्चित गुप्तेश्वर गुफाको पाउमा स्थानीयले छाँगेश्वर महादेव मन्दिर निर्माण गरेका छन् । गल्छी गाउँपालिका–३ मा पर्ने कोर्थोक माथि रहेको गुप्तेश्वर गुफा धादिङकै चर्चित धार्मिक स्थल हो । यहाँ हरेक वर्ष शिवरात्रिको दिन मेला लाग्ने गर्दछ।
गुप्तेश्वर गुफाको फेदीमा रहेको छाँगेटारमा पर्ने छाँगे झर्ना नजिकै स्थानीयले मन्दिरको निर्माण गरेका हुन् ।मन्दिरमा पूजाआजा सुरु भइसकेको छ ।
मन्दिर निर्माणको लागि गल्छी गाउँपालिकाले डेढ लाख, स्थानीयबाट चन्दा प्राप्त चार लाख ५० हजार र एक लाख बराबरको जनसहभागिता रहेको स्थानीय रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
मन्दिर निर्माणका लागि स्थानीय शारदादेवी खतिवडाले जग्गा दान दिएकी हुन् । छाँगे झरनामा वर्षमा ६ महिना पर्यटकहरूको भीड लाग्ने गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |