काठमाडौं, १६ फागुन
भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्वीप’ गरेको छ ।आइतबार राति धर्मशालामा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्रभाव जमाएको हो ।
१४७ रनको लक्ष्य भारतले १५ ओभर पाँच बलमा चार विकेट गुमाएर पूरा गर्याे । भारतका श्रेयस ऐरले सर्वाधिक ७३ रन बनाए । रविन्द्र जडेजा २२, दिपक होडाले २१, र सन्जु सामसनले १८ रनको योगदान गरे । श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा पाँच विकेट गुमाएर १४६ रनको योगफल तयार पार्याे ।
श्रीलंकाका लागि कप्तान डसुन सनकाले सर्वाधिक ७४ रन तथा दिनेश चण्डीमालले २२ र चामिका करुनारत्नेले १२ रनको योगदान गरे। भारतका आभेस खानले २ विकेट लिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |