काठमाडौं, १५ फागुन ।
नेकपा (एकीकृत समाजवादी) पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को पक्षमा उभिने निर्णय गरेको छ ।
एकीकृत समाजवादीको आइतबार दिउँसो बसेको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
यसअघि आइतबार बिहान बसेको गठबन्धन बैठकको निर्णयअनुसार एकीकृत समाजवादीले एमसीसीमाथि व्याख्यात्मक टिप्पणीसहितको घोषणालाई सर्मथन गर्दै अनुमोदन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव गंगाधर तुलाधरले जानकारी दिए ।
उनका अनुसार घोेषणालाई सम्झौताको अंग मानिनुपर्ने सर्तमात्र एमसीसीको पक्षमा उभिने निर्णय गरिएको हो ।
एमसीसीको विपक्षमा उभिँदै कार्यकर्र्तालाई सडकमा उतारेको एकीकृत समाजवादी अन्ततः एमसीसीको पक्षमा उभिएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |