एजेन्सी,१५ फागुन ।
शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या नौ पुगेको बताइएको छ । शुक्रबार सुमात्रा क्षेत्रमा आएको ६.१ रेक्टर स्केलको भूकम्पमा परी अरु १०० जना भन्दा बढी घाइते भएका छन् ।
शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पु¥याएको बताइएको छ । त्यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारी अनुसार यो भूकम्प ६.१ रेक्टर स्केलको रहेको र यसबाट ठूलो भौतिक सम्पत्तिमा क्षति पुगेको बताएको छ ।
त्यहाँका आठ हजार जनाभन्दा बढी नागरिकलाई घरबाट उद्धार गरेर आश्रयस्थलमा राखिएको छ । प्रारम्भिक रुपमा ५० ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ । उद्धारकर्मीहरु मानिसहरुको भूकम्पको भग्नावशेषमा मानिसहरु पुरिएको आशंकामा उद्धारका लागि खटिरहेका छन् । क्षतिको पूर्ण विवरण आइपुगेको छैन ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |