काठमाडौं । एएफसी एसियन कप २०२३ को फाइनल राउण्डको तालिका सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार चीनमा आयोजना हुने एसियन कपको तालिका सार्वजनिक गरेको हो ।
नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहको खेल कुवेतमा आयोजना हुनेछ । जहाँ आयोजक कुवेतसँगै नेपाल, इन्डोनेसिया र जोर्डन एकै समूहमा परेका छन् ।
तुलनात्मक रुपमा नेपाल बलियो समूहमा परेको हो । नेपालले आफ्नो पहिलो खेल जार्डनविरुद्ध ८ जुनमा खेल्नेछ । ११ जुनमा कुवेतविरुद्ध दोस्रो खेल खेल्दा १४ जुनमा इन्डोनेसियाविरुद्ध तेस्रो खेल खेल्नेछ ।
फिफाको पछिल्लो वरीयताअनुसार जोर्डन ९०औं स्थान, कुवेत १४३ औं स्थान, इन्डोनेसिया १६०औं स्थान र नेपाल १६७औं स्थानमा छ ।
यस समूहको शीर्ष टोली सिधै एसियन कपमा स्थान बनाउने छ भने दोस्रो टोलीको सम्भावना रहँदा दुई टोली भने बाहिरिने छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |