एजेन्सी । युक्रेनमाथि वृहत रुसी हमला हुन सक्ने संकेत देखिएका छन् । युक्रेनका एक सरकारी अधिकारीले अहिलेसम्म रुसी सैन्य कारबाहीको वृहत संकेत देखिएको बताएको बीबीसीले जनाएको छ । ती अधिकारीका अनुसार बिहीबार बिहान राजधानी किभमा क्रुज मिसाइल प्रहार भएको छ भने देशको दक्षिणी भाग ओडेसामा सेनाको गतिबिधि बढ्दो छ ।
रुसी सिमानाबाट करिब २५ माइल टाढा रहेको खार्किभमा पनि रुसी फौज पुगेको बताइएको छ । रुसी आक्रमण ठूलो हुने प्रारम्भिक दृश्यहरुले संकेत गरेको साक्षी र सरकारी अधिकारीहरुले बताएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
केही मिसाइलहरुले युक्रेनी सेनाको मिसाइल कमान्ड सेन्टर र किभस्थित हेडक्वार्टरमा हमला गरेको त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका विवरणहरु पनि आएका छन् । तथापि, यसको कुनै पक्षले पुष्टि गरेका छैन् ।
युक्रेनी सहरमा हमला भएको विवरणलाई रुसी रक्षा मन्त्रालयले अस्वीकार गरेको छ । युक्रेनका सैन्य पूर्वाधार, हवाई रक्षा र ‘मूल्यवान हतियार’ युक्त हवाई फौजलाई निशाना बनाएको मस्कोले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |