काठमाडौँ,०९ फागुन ।
आइसिसी विश्वकप टि२० विश्वकप छनोट ए अन्तर्गत अन्तिम खेलमा क्यानडाले नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा १५ ओभरमा अलआउट हुँदै ८० रनमै समेटिएको हो ।
क्यानडाका ब्याटर नेपालका खेलाडीसामु खुलेर खेल्न सकेनन् । १० ओभरको समाप्तिसम्म क्यानडाले आफ्ना महत्वपूर्ण आठ विकेट गुमाइसकेको थियो । क्यानडाका लागि डिलन हेलिगरले सर्वाधिक २४ रन जोडे ।
त्यस्तै, नभनित धलिवालले १८ रन तथा रायन पठानले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्ने सकेनन । जारी प्रतियोगितामा फिलिपिन्सविरुद्ध डेब्यू गर्दै १ सय ८ रनको शतकीय इनिङ खेलेका युवा ओपनर म्याथ्यु स्पोर्ससमेत शुन्य रनमै रनआउट हुन पुगे ।
बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने तीव्र गतिका बलर कमलसिंह ऐरी र अविनाश बोहराले समान २/२ विकेट तथा कुशल मल्लले एक विकेट लिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |