काठमाडौं,०९ फागुन।
नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले ११औं पुष्पलाल स्मृती र्याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन् ।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबीच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्डहर्टका आधारमा जित हात पार्दै उपाधी उचालेकी हुन् ।
पहिलो सेटमा २१–१९ ले पछाडी परेकी रशिला दोश्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगेकी थिईन् । अनुमायाले नगद ५० हजार र उपबिजयी रशिलाले नगद २८ हजार प्राप्त गरिन् ।
महिला एकल तर्फ तृतीय स्थान प्राप्त गर्ने खेलाडी नङ्गशल देवी तामाङ्ग र अमिता गिरीले नगद १२ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यसका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिताको पुरुष एकल (उच्च १६ औं बरियता प्राप्त) मा बिश्व वरियतामा जुनियर तर्फ नम्बर १ रहेका प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन् । प्रिन्स अघिल्लो १० औं संस्करणका बिजेता समेत हुन् ।
बिजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपबिजेता नविनले नगद ३० हजार प्राप्त गरे । तृतीय स्थान हात पार्ने दिपेश धामीले नगद १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन् ।
महिला युगल तर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्गशल देवी तामाङ्ग र सेनाकी अनुमाराईलाई २१–१४, २८–२६ ले पराजित गर्दै उपाधी कब्जा गरे ।
यस्तै, पुरुष युगल तर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले जित हात पारे । उक्त जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |