काठमाडौँ, ८ फागुन।
संयुक्त राज्य अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुदान नेपाल र नेपालीका निम्ति अमेरिकी जनताको उपहार भएको स्पष्ट गर्दै त्यसलाई अनुमोदन गर्नेनगर्ने नेपालको सार्वभौम निर्णय हो भनेको छ ।
“यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औँ वर्ष हो । यी ७५ वर्षमा नेपालले ठूलो परिवर्तन देखेको छ । यी परिवर्तनहरूमा हामी नेपालको साथमा उभिएका छौँ । यो देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरूसहित अझ धेरै सहयोग गरेका छौँ । नेपाली नेताहरूले एमसीसीलाई अनुमोदन गर्ने वा नगर्ने सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रूपमा नेपालले गर्ने निर्णय हो र नेपालको मात्र निर्णय हो,” विज्ञप्तिमा भनिएको छ ।
“यो ५० करोड डलर एमसिसी अनुदान अमेरिकी जनताको उपहार हो । हाम्रा राष्ट्रहरूबीचको साझेदारीले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउनेछ । यो परियोजना नेपाल सरकार र नेपाली जनताद्वारा अनुरोध गरिएको थियो र पारदर्शी रूपमा गरिबी घटाउन र नेपालको अर्थतन्त्रको विकास गर्न ‘डिजाइन’ गरिएको थियो,” विज्ञप्तिमा उल्लेख छ ।-रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |