एजेन्सी, ८ फागुन।
भारतले अफगानिस्तानलाई पाँचौँ चरणको स्वास्थ्य सामग्री सहयोग गरेको छ । भारतले थप साढे दुई टन स्वास्थ्य सामग्री अफगानिस्तानलाई उपलब्ध गराएको समाचारसंस्था एएनआईले उल्लेख गरेको छ ।
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि तालिबान सरकारले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन तर मानवीय सङ्कट बढ्दै गएपछि सहायता पठाउने क्रम चलिरहेको छ । भारतले अफगानिस्तानमा खाद्यान्न सहायता पनि पठाउन थालेको छ । अहिले अफगानिस्तानमा स्वास्थ्य सङ्कट बढ्नुको साथै खाद्य अभाव पनि चुलिएको बीबीसीले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |