काठमाडौँ, ८ फागुन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताएका छन् ।
मन्त्री आलेले लुम्बिनीमा पूजाआजाका लागि आउने बौद्ध भिच्छुलाई सुरक्षाकर्मी र आन्तरिक कर्मचारीबाट अभद्र व्यवहार हुने गरेको गुनासो आएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गरे । उनले भने, “शान्तिको देश नेपाल भनेर चिनाउने बौद्ध गुरुहरुलाई अभद्र व्यवहार नहोस्, यसो गरेको पाइएमा त्यस्ता व्यक्तिलाई सरकारद्वारा कारवाही हुन्छ, बौद्ध गुरुहरुलाई सम्मान गर्न म सबैसँग आग्रह गर्छु ।”
मन्त्री आलेले लम्बिनी क्षेत्रको विकासका लागि आफू र मन्त्रालयका तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने आश्वासन दिदैं लुम्बिनीको विकास गर्न सके हजारौँ, लाखौँ पर्यटक भित्र्याउन सकिने भएकाले यहाँको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
उनले आफू मन्त्री भएर आएपछि क्यासिनो सञ्चालन गरेर रोयल्टी नतिर्ने विभिन्न क्यासिनो तथा होटलहरुलाई कारवाही गरेको र वर्षौसम्म पनि सरकारलाई तिर्न बाँकी राखेको रोयल्टी तिराएको दाबी गरे ।-रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |