काठमाडौं, ७ फागुन ।
टी–२० विश्वकप छनोट अन्तर्गत ग्लोबल ए छनोटमा नेपालले दुई जित निकालेको छ । पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको नेपालले आज (शनिबार) फिलिपिन्समाथि १३६ रनको शानदार जित निकालेको छ ।
क्यानडा र ओमानले समान एक÷एक खेल जितेर २–२ अंक जोडेका छन् । फिलिपिन्स भने दुई खेलमा दुई हार व्यहोर्दै अंक बिहिन रहेको छ ।
नेपालले अब सोमबार अन्तिम खेलमा क्यानडासँग प्रतिष्पर्धा गर्नेछ भने ओमानले फिलिपिन्ससँग खेल्नेछ ।
शनिबार नै भएको खेलमा ओमानले क्यानडालाई पराजित गर्दै एक खेल अघीनै क्यानडाको सेमिफाइनल पुग्ने संभावनालाई रोकिदिएको छ ।
आगामी फागुन ९ गते (सोमबार) हुने खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल समूह विजेता बन्दै सेमिफाइल पुग्नेछ । नेपाल क्यानडासँग झिनो अन्तरले पराजित भएपनि पनि सेमिफाइल पुग्नेछ । तर, ओमानले फिलिपिन्समाथि ठूलो जित निकालेमा र नेपालले क्यानडामाथि फराकिलो जित निकालेमा नेपाल प्रगियोगिताबाट बाहिरिनेछ ।
यस हारसँगै क्यानडाको रनरेट २.५१२ मा झरेको छ भने ओमानको माइनस ६.३५० मा रहेको छ । सेमिफाइनलमा जित निकाल्दै फाइनल प्रवेश गरे नेपाल अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा पुग्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |