भैरहवा, ७ फागुन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा पुगेका उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताएका हुन् ।
भारतसँग सिधा मार्गको अनुमतिका लागि पहल भइरहेको जानकारी दिँदै उनले केही महिना पहिले आफू भारत भ्रमणका गएका बेला त्यहाँका नागरिक उड्डयनमन्त्रीसँग सिधा उडान अनुमतिका माग गरेकामा त्यहाँका मन्त्री सकारात्मक देखिनुभएकाले सो समस्या चाँडै समाधान हुने उल्लेख गरे।
यो विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाडौँमा एरट्राफिकको समस्या समाधान हुनेमा जोड दिँदै मन्त्री आलेले भने, “भैरहवा नजिकै शान्तिका दूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए हजारौँ बौद्धमार्गीका साथै लाखौँ पर्यटक भित्रिनसक्ने सम्भावना छ, त्यसका लागि यो विमानस्थल सञ्चालन हुनु जरुरी छ ।” यो विमानस्थल सुरु भए यहाँका नागरिकले विदेश यात्रामा जानका लागि काठमाडौँ जाने समस्या पनि समाधान हुने उनको भनाइ थियो ।-रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |