काठमाडौं, फागुन ७ गते ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुनुपर्ने बताउनुभएको छ । बहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने पार्टीको अभियानलाई सबैको साथ र सहयोगबाट अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।
अध्यक्ष ओलीले आफू सरकारमा रहँदा प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र जनताको चाहनालाई सफलताको दिशामा अभिमुख गराउन आर्थिक र समाजिक न्यायसहित परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दै मुलुकलाई अघि बढाएको उल्लेख गर्नुभएको छ ।
“एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्ने आफ्ना हरेक क्षण, सम्भावना र सामथ्र्य सदुपयोग गरेका थियौँ,” उहाँले सन्देशमा भन्नुभएको छ । जन्मसिद्ध श्रेष्ठताको शासनप्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित भएको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्रनो अमूल्य जीवनलाई बलिदान दिने अमर शहिदप्रति अध्यक्ष ओलीले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।–रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |