काठमाडौं,०५ फागुन ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत ११औँ चरणको खेलमा संकटा क्लब न्युरोड टिम (एनआरटी) सँग १–० ले स्तब्ध बनेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएकाे खेलको २८औँ मिनेटमा स्टेफेन विनोङले गरेको गोल नै एनआरटीको जितमा निर्णायक बन्यो ।
सरोज तामाङले दिएको लामो क्रसलाई विनोङले उत्कृष्ट कन्ट्रोलसहित संकटाका दुई डिफेन्डरलाई पन्छाउँदै गोल गरेका थिए ।
जितसँगै ११ खेलबाट १७ अंक जोडेको एनआरटी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एनआरटीले चारमा जित, पाँचमा बराबरी र दुईमा पराजयको नतिजा आत्मसाथ गरेको छ ।
यस्तै, समान खेलबाट १५ अंक जोडेको संकटा भने तालिकाको छैटौँ स्थानमा झरेको छ । संकटाले तीनमा जित, ६ मा बराबरी र दुईमा हारको नतिजा निकालेका छ ।
आजनै दशरथ रंगशालामा भएको खेलमा विभागीय टोली एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ अन्तरले पराजित गर्दै रेलिगेसन डर अन्त्य गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |