धुनिबेशी,०४ फागुन।
धुनिबेशी नगरपालिकामा–३ मा वडा स्तरिय बालअधिकार समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बालमैत्रि स्थानीय शासन कार्यान्वयको चरण अन्तर्गत बुधबार धुनिबेशी नगरपालिकाको आयोजना तथा प्रयास नेपालको सहयोगमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।
धुनीबेशीको महिला तथा बालबालिका शाखा प्रमुख सजिता मुड्भरि र प्रयास नेपाल धादिङका अनुगमन तथा मुल्यांकन अधिकृत भीम बहादुर चेपाङले सहजिकरण गर्नु भएको कार्यक्रममा बालमैत्रि स्थानीय शासन भनेको के हो ?, किन बालबालिकाहरुमा लगानी गर्ने, वडा बालअधिकार समिति किन गठन गरिन्छ? वडा समितिको संरचना, समितिको काम, कर्तव्य र अधिकार लगायतको विषयमा छलफल भएको थियो ।
वडा नं ३ का वडाध्यक्ष प्रकाश हमालको अध्यक्षतामा भएको कार्यक्रममा समितिका पदाधिकारी र सरोकारवाला सहित ३८ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बालअधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बाल विकास, र बाल सहभागीतालाई मुख्य आधार बनाएको थियो। विश्व शिक्षा नेपाल र प्रयास नेपाल धादिङको साझेदारिमा संचालित सक्यि परियोजना धुनिबेसी नगरपालिकामा संचालन भईरहेको छ ।
यस्तै वडाध्यक्ष हमालको अध्यक्षतामा ११ सदस्यीय वडा स्तरिय बाल अधिकार समिति समेत गठन गरिएको महिला बालबालिका शाखा प्रमुख मुडभरिले जानकारी दिनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |