मार्पाक,०४ धादिङ।
नेत्रावति डबजोङ गाउँपालिकाका थप २ वटा माविमा बाल विवाह अन्त्य सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।बुधबार गाउँपालिकाको मंगला देबी र निरञ्जना माध्यमिक बिद्यालयमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो।
बुधबार मंगलादेवी माध्यमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बच्चुराम थापामगरको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष उर्मिला तामाङ गुरुङको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो।
यसैगरि बुधबार नै निरञ्जना माध्यमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष डोल बहादुर अधिकारीको अधयक्षता तथा गाउँपालिका उपाध्यक्ष गुरुङको प्रमुख आतिथ्ययतामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बाल अधिकार, बाल संरक्षण, बाल विवाह, बाल विवाहका कारण, बालविवाहले पार्ने नकारात्मक असरहरू बालविवाह रोकथाम तथा न्युनिकरणमा बालबालिका, महिला समूह, वडा कार्यालय बिद्यालय तथा अन्य सरोकारवालाहरूको काम कर्तव्य र जिम्मेवारी तथा बाल विवाह सम्बन्धी कानुनी व्यवस्था र हुने सजाय लगायतका विषयबस्तुमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक तथा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष दामोदर अर्यालले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा मंगलादेवी मावि बोराङका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बच्चुराम थापा, प्रधानाध्यापक सरस्वती तथा मंगलादेवी माध्यमिक बिद्यालय बोराङका ३५ जना छात्र छात्रा र अन्य सरोकारवालाहरू सहित ४२ जनाको सहभागिता रहेको गाउँपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख बेनिशा जिसिले जानकारी दिनुभयो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तामाङले नेत्रावती डवजोङ गाउँपालिकालाई बालबिवाह मुक्त गाउँपालिका बनाउने उद्धेश्यका साथ अभियानकै रूपमा सचेतनामुलक कार्यक्रम संञ्चालन गरिएको बताउनु भएको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |