काठमाडौं । इन्जुरी समयको अन्तिम मिनेटमा केलीयन एम्बाप्पेले गरेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको पहिलो लेगमा रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान पार्क डेस प्रिन्सेसको जितसँगै फ्रेन्च क्लब पीएसजीले भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलविरूद्ध महत्त्वपूर्ण तीन अंक पायो । जितसंगै पीएसजी क्वाटर फाइनल नजिक रह्यो । दोस्रो लेग रियलको घरेलु मैदानमा २२ फेब्रुअरीमा हुनेछ ।
फ्रेन्च फरवार्ड एम्बाप्पेले ४ मिनेटको इन्जुरी समयमा बैकल्पिक खेलाडी नेयमारको पास सदुपयोग गर्दै गोल गरे । नेयमार गत नोभेम्बर पछि मैदान फर्किएका हुन् । खेलको ६२औं मिनेटमा पीएसजीले पेनाल्टी गोलबाट अग्रता लिने अवसर गुमायो । अर्जेन्टिनी स्टार लिओनल मेस्सीको प्रहार रियल गोलरक्षकले रोके ।
यस अघि खेलमा पीएसजीले पोसेसनमा आफ्नो दबदबा कायम राखे पनि फिनिसिङमा चुक्न पुगेको थियो । रियल भने पूरा समय डिफेन्समा ब्यस्त रह्यो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |