काठमाडौं,०३ फागुन ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
माओवादी केन्द्रले सिंहदबारस्थिल दलको कार्यालयमा बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले जानकारी दिए ।
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।
बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |