नयाँदिल्ली, फागुन ३ गते ।
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ ।
सरकारी अधिकारीहरुले मंगलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४०९ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।
सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ८१७ रहेको छ । एकै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ ।
अधिकारीहरुका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख २३ हजार १२७ रहेको छ ।
अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने चार करोड १७ लाख ६० हजार ४५८ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ३४७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |