बेइजिङ, फागुन २ गते ।
चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ ।
यहाँ आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङमाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । यहाँको मौसमसम्बन्धी सूचनामा आइतबार बिहानैदेखि हिउँ पर्ने जनाइएको छ । यहाँ आइतबार बिहानदेखि साँझसम्म नै हिउँ परेको बताइएको छ ।
त्यस्तै तापक्रम पनि माइनस ६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो । बाटोभरि हिउँ थुप्रिएकाले त्यसलाई पन्छाउने काम जारी रहेको छ । त्यस्तै नागरिकहरुलाई सतर्कता अपनाएर बाटो हिँड्न या सवारी सञ्चालन गर्न भनिएको छ ।–रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |