धादिङ,०१ फागुन।
आज ११ औं विश्व रेडियो दिवस,धादिङमा शुभकामना आदानप्रदान कार्यक्रमगरि मनाएको छ ।कार्यक्रममा सहभागिहरुले रेडियोले समुदायमा पु¥याएको योगदानको बारे चर्चा गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य गुरु प्रसाद बुर्लाकोटीले रेडियोलाई व्यवस्थित रूपमा संचालन गर्न र टिकाई राख्न चुनौतीपुर्ण रहेको बताउनुभयो ।त्यस्तै अमार्क एशिया प्यासिफिकका उपाध्यक्ष सुवास खतिवडाले रेडियोप्रतिको विश्वास स्थायी गराईराख्न रेडियो संचालकहरुलाई सुझाव दिनुभएको थियो ।
कार्यक्रममा सहभागि रेडियो संचालकहरुले रेडियोको आर्थिक स्रोत कमजोर भएकाले संचारकर्मीहरुलाई तोकिएको पारिश्रमिक दिन नसकेको गुनासो गरेका थिए।कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, एसपी राकेश सिंहलगायत बिभिन्न दलका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरुले शुभकामना दिएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |