धादिङ,०१ फागुन ।
धादिङको गजुरी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा गरीएको ५ एन्टिजेन परिक्षण मध्ये १ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।
यस्तै आईतबार १० संक्रमित डिस्चार्ज भएका छन् । जिल्लामा अब सक्रिय संक्रमित ८५ जना बाँकी रहेका छन्। संक्रमित मध्ये ८३ जना होम आइसोलेसनमा र २ जना अस्पताल आइसोलेसनमा रहेका छन् । धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) २० प्रतिशत रहेको छ ।
शनिबार ४ संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४५७ पुगेको छ।संक्रमित मध्ये ९ हजार ३११ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |