काठमाडौं,०१ फागुन ।
बेइजिङ विन्टर ओलम्पिक-२०२२ मा जर्मनी र नर्वेले सर्वाधिक आठ स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको नवौं दिनमा जर्मन पदक तालिकाको शीर्ष स्थानमा रहँदा नर्वे दोस्रो स्थानमा छ ।
जर्मनीले आठ स्वर्ण, चार रजत र एक कास्यसहित १४ पदक जितेको छ । यता, नर्वेले आठ स्वर्ण, तीन रजत र ६ कास्यसहित १७ पदक हात पारेको छ ।
जारी प्रतियोगितामा ९३ मध्ये २६ देशले पदक तालिकामा खाता खेलेका छन् । २० राष्ट्रले स्वर्ण पदक जितेका छन् । संयुक्त राष्ट्र अमेरिका, नेदरल्यान्ड र स्विडेनले पाँच स्वर्ण जितेका छन् । अष्ट्रेलिया र चीनले समान चार स्वर्ण जित्दा रसियन ओलम्पिक कमिटीले ३ स्वर्ण पदक जितेको छ ।
इटाली, जापान, स्लोभेनिया र स्विजरल्यान्डले दुई दुई स्वर्ण पदक जित्दा क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, फिन्ल्यान्ड, चेक रिपब्लिक र स्लोभाकियाले एक एक स्वर्ण पदक जितेका छन् ।
२४औं शीतकालीन ओलम्पिक ४ देखि २० फेब्रुअरीसम्म आयोजना हुनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |