एजेन्सी
विश्वभर थप १८ लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा १८ लाख ४५ हजार मानिस संक्रमित भएको छ।
नयाँ थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै रसियामा २ लाख ३ हजार, ब्रजिलमा १ लाख ३४ हजार, फ्रान्समा १ लाख १८ हजार र जर्मनीमा १ लाख २० हजार छन्। यस्तै‚ अमेरिकामा ५९ हजार र भारतमा २८ हजार संक्रमित थपिएका छन्। यससँगै विश्वभर कुल संक्रमितको संख्या ४१ करोड ५४ लाखभन्दा धेरै पुगेको छ। तीमध्ये ३३ करोड ६३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ हजार ५१८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीमध्ये अमेरिकामा ८७३, ब्रजिलमा ८९२, भारतमा २५७, रुसमा ७२९ जना रहेका छन्। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ लाख २७ हजार पुगेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |