काठमाडौं, माघ २९ गते ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चाटर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो ।
निगमको वाइडबडी ए–३३० जहाजले आज बिहान २ः५५ बजे काठमाडौंबाट त्रिपोलीका लागि उडान भरेको हो । उक्त जहाज त्रिपोलीको स्थानीय समयानुसार १० बजे अवतरण गर्ने र आजै राति २३ः१५ मा काठमाडौं फर्किने निगमले जनाएको छ । यो गन्तव्यमा एकतर्फीरूपमा करिब ११ घण्टाको उडान हुनेछ ।
निगमलले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (युएन)को शान्ति मिसनमा लैजान अफ्रिकन तीन मुलुकमा चाटर्ड उडान गरेको थियो । नेपाल एयरलाइन्सले साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो।–रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |