काठमाण्डौ,२९ माघ।
गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढाएको छ ।
आजदेखि लागू हुने गरी प्रदेश सरकारको कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै नयाँ भाडादर निर्धारण गरिएको जनाएको छ। तर प्रदेशमा यसअघि नै भाडा बढिसकेको छ । प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा भाडा निर्धारण गरिएको छ।
यस्तै जीपमा प्रतिकिलोमिटर साढे पाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा लाग्ने छ । सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे दुई रुपैयाँ भाडा दर तोकिएको छ ।
२० किलोमिटरभन्दा बढीमा भने प्रतिकिलोमिटर साढे दुई रुपैयाँको हिसाब हुनेछ । ट्याक्सीमा चढ्दा फ्ल्यास डाउनमा ८० रुपैयाँ तिरेर दुई सय मिटरभित्र चल्दा थप शुल्क नलाग्ने प्रदेश सरकारले जनाएको छ ।
दुई सय मिटर कटेपछि हरेक दुई सय मिटरमा थप १० रुपैयाँ थपिन्छ भने १५ किलोमिटर कटेपछि प्रतिकिलोमिटर ३७ रुपैयाँ ५ पैसा भाडा तिर्नुपर्ने जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |