काठमाडौं,२८ माघ।
चार देशीय टि–२० सिरिजमा आज नेपालले ओमानसँग खेल्दै छ।
आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टि–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो। अपराह्न पौने ४ बजे बजेदेखि ओमानको अल अमेरेट क्रिकेट मैदानमा खेलसुरु हुनेछ।
नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ। नेपालले ओमानसँग टि–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो। ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो। उक्त सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग शनिबार खेल्नेछ। यस्तै‚नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ।
आइसिसी पुरुष टि–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो। ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ। त्यसमा समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |