महोत्तरी,२८ माघ ।
आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को मधेस प्रदेश नाम माओवादी केन्द्रका कारणले भएकाे दाबी गरेका छन ।
मधेस प्रदेश नाम राख्न माओवादी केन्द्रले ठूलो संघर्ष गरेको बताउदै उनले अब मधेसी जनताले माओवादीप्रति कुनै गुनासो गर्ने ठाउँ नरहेको पनि उनले जिकिर गरे ।
गौशाला-८ स्थित सोनी खोल्सीमा सुधार केन्द्रको भवन सिलन्यास कार्यक्रममा मन्त्री साहले मधेसी दल नै मधेसीको पहिचानलाई कुण्ठित गर्नेतर्फ लागिरहेका बेला मधेसमा मधेस प्रदेश नामले पनि राहत प्रदान गरेको बताए ।
‘हाम्रो पार्टीले सदियौँदेखि पहिचानसहितको मुद्दा उठाउँदै आएको छ । यो मधेस प्रदेश नामांकरण पनि ऐतिहासिक सफलता हो,’ उनले भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |