धादिङ,२७ माघ।
पछिल्लो केही साता यता धादिङमा कोरोना संक्रमण घट्दै गएको छ।
आज ९ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ३७ संक्रमित निको भएका छन्। जिल्लाभर गरिएको ३० एण्टिजेन परिक्षणमध्ये ज्वालामुखीमा ३, धुनिबेसी २, गजुरीमा २, त्रिपुरासुन्दरीमा १ र गंगाजमुनामा १ गरि जिल्लामा ९ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
योसँगै जिल्लामा सक्रिय संक्रमित १ सय २० जना बाँकी रहेका छन्।संक्रमित मध्ये १ सय ११ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्। धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ३० प्रतिशत रहेको छ ।
बुधबार ११ संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४४४ पुगेको छ।संक्रमित मध्ये ९ हजार २६३ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |