काठमाडौं, २६ माघ
बलिउडका दिग्गज अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । उनी प्रायः आफ्नो फ्यानका साथ व्यावसायिक जीवनसँग जोडिएका हरेक कुरा सेयर गरिरहन्छन् । यही क्रममा उनले आफ्नो इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म ‘उचाइ’को सेटको एक बीटीएस तस्बिर सार्वजनिक गरेका छन् ।
तस्बिरमा अनुपमलाई फरक लुक्समा देख्न सकिन्छ । अभिनेता ग्रे रंगको स्वेटर लगाएर अनुहारमा गम्भीर भाव व्यक्त गरेका छन् । ‘मलाई यो तस्बिर मनपर्छ । आशा छ कि तपाईंलाई पनि यो मनपर्नेछ । सुरज बडजात्याको उचाइ सेटबाट अभिनेता बोमन इरानीले लिएको तस्बिर’, उनले लेखेका छन्।
सुरजको निर्देशनमा बनेको फिल्मको निर्माण राजश्री प्रोडक्सन हाउसले गरेको हो । फिल्ममा अमिताभ बच्चन, परिणीति चोपडा, अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, सारिका र डेनी प्रमुख भूमिकामा छन् । यो फिल्मको सुटिङ केही महिनाअघि नेपालमा गरिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |