काठमाडौं, २६ माघ
रेलिगेशन जोनमा रहेको वर्नलीसँग इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यानचेस्टर युनाइटेड मंगलबार राति १-१ को बराबरीमा रोकिएको छ ।
वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमायो ।
पाउलो पोग्वाले १८औं मिनेटमा गरेको गोलसंगै युनाइटेडले अग्रता बनाएको थियो । तर घरेलु टोलीका जय रोड्रिगुयजले ४७औं मिनेट बराबरी गोल गर्दै टोलीको संकट टारे ।
खेलको दोस्रो हाफको ६८औं मिनेट क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरेपनी कुनै जादु देखाउन सकेनन् ।
बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अंकसहित पाँचौं स्थानमा छ । वर्नली भने २० खेलबाट १४ अंक सहित पुछारमा रहेको छ ।
राति नै भएको खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई ३-१ तथा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १-० ले पराजित गर्दै शीर्ष चारमा उक्लियो ।
लिगमा २३ खेलबाट ५७ अंक सहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |