धादिङ,२४ माघ।
धादिङका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाभर गरिएको ७५ एण्टिजेन परिक्षणमध्ये धादिङ अस्पतालमा १३, त्रिपुरासुन्दरीमा ६, धुनिबेसीमा ४, बेनिघाटमा ३, ज्वालामुखीमा ३, गंगाजमुनामा २ र गजुरीमा १ गरि जिल्लामा ३२ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
यस्तै बितेको २४ घण्टामा ७३ संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै जिल्लामा सक्रिय संक्रमित २ सय ६१ जना बाँकी रहेका छन्।
संक्रमित मध्ये २ सय ५२ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्। धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ४२ दशमलव ६ प्रतिशत रहेको छ ।
आईतबार ३ संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४०९ पुगेको छ।संक्रमित मध्ये ९ हजार ८७ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |