काठमाडौं, २४ माघ
काठमाडौंको सोल्टीमोडस्थित सोल्टी होटलको प्रवेशद्वारमा हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन खुलेको छ । जैविक महबाट मालिस गरेर तौल घटाउनुका साथै नशा र मांसपेसीको समस्यालाई मुक्त पार्न यो पार्लर खोलिएको व्युटिसियन रञ्जु थापाले बताएकी छन् ।
रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष एवं ब्युटिसियन सोनी काररन्जितले आइतबार श्रीपञ्चमीको अवसर पारेर थेरापी तथा ब्युटी सैलुनको शुभारम्भ गरेकी हुन् । नेपालमै उत्पादिक जैविक महबाट थेरापी गरेर नशा र मांसपेसीको समस्या निराकरण गर्नुले यो सेवा धेरैका लागि उपयोगी हुने सोनीले बताइन् ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रिजन चेयर पर्सन रेश्मा श्रेष्ठ, लायन्स क्बल अफ काठमाडौं आधारकी अध्यक्ष ग्याल्मो बुढाथोकी शेर्पाले रञ्जुलाई यो नयाँ ब्युटी पार्लर तथा थोरापी व्यवसायको लागि शुभकामना दिए ।
नेपालमै महबाट सम्पूर्ण कस्मेटिक र विभिन्न औषधि जन्य सामग्री निर्माण गर्दै आएको एपी लाइफबाट थेरापीसम्बन्धी पूर्ण प्रशिक्षण लिएपछि आफूले यो थेरापी एन्ड वेयल सेन्टर सुरु गरेको रञ्जुले जानकारी गराइन् । महबाट मसाजसँगै ब्युटिसियनसम्बन्धी सम्पूर्ण सुविधा आफूहले प्रदान गर्ने पनि उनले बताइन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |