काठमाडाै, २४ माघ
तालिवानले अफगानिस्तानकाे सत्ता कब्जा लिएपछि देशबाट निक्लिएका अफगानिस्तानी महिला फुटबल टोली अभ्यासमा फर्किएको छ । टोलीलाई मैदानमा फर्कने माहोल सृजना गरेको छ, अष्ट्रेलियाको ए लिग टिम मेलवर्न भिक्टोरीले ।
गत अगष्टमा २० वर्षपछि तालिवानले अफगानिस्तान नियन्त्रणमा लिँदा महिला खेलाडी आफ्नो भविष्य खतरापूर्ण देखेर अष्ट्रेलिया पुगेका थिए । जहाँ खेलाडीलाई मेलवर्न भिक्टोरीले समर्थन गर्याे ।
अफगानिस्तान टोलीले यस वर्ष भिक्टोरियाको सिनियर महिला प्रतियोगितामा सहभागिता जनाउन खोजिरहेको छ । त्यसैले उनीहरूले शनिबार मेलवर्नमा आफ्नो पहिलो अभ्यास सत्र पूरा गरे । ‘पूरा खेलाडीसँगै खेल्न निकै उत्साहित छन्,’ टिम कप्तान तथा गोलरक्षक फातिमाले भनिन् ।
यस वर्ष अफगानिस्तान टिमले भिक्टोरिको ब्यानरमा खेल्नेछ । जसलाई क्लबले पूरा समर्थन गर्ने जनाइएको छ । अफगानिस्तान महिला टोली सन् २००७ मा स्थापना भएको थियो । उसले आफ्नो पहिलो आधिकारीक खेल सन् २०१० मा नेपालविरुद्ध खेलेको थियो । अफगानिस्तानले सन् २०१२ मा कतारविरुद्ध पहिलो जित निकालेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |