काठमाडौं, २४ माघ
पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटसलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक प्रतियोगिताको उपाधि हात पारेको हो ।
अर्जेन्टिनाको जितमा १८औँ मिनेटमा एलान ब्रान्डीले गोल गरे । यससँगै पहिलो पटक कोपा अमेरिका फुटसलको उपाधि जित्ने पाराग्वेको लक्ष्य पूरा हुन सकेन । पाराग्वे योसँगै चौथो पटक फाइनलमा पुगेर उपाधिबाट बन्चित भयाे ।
यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिललाई पराजित गरेको थियो । ब्राजिलले यस प्रतियोगिता सर्वाधिक १० पटक जितेको छ ।
यता, अर्जेन्टिनाले तीन पटक उपाधि हात पार्दा ६ पटक उपविजेतामा सिमित भएको छ । उसले अन्तिम पटक सन् २०१७ मा घरेलु मैदानमा ब्राजिलसँग ४–२ ले फाइनल गुमाएको थियो ।
सन् २०१६ मा विश्व च्याम्पियन भएको अर्जेन्टिनाले कोपाको उपाधि सन् २००३ र २०१५ मा जितेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |