एजेन्सी
न्युयोर्क, २४ माघ
रसियाले आगामी साताहरुमा युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्न आवश्यक सैन्य क्षमताको ७० प्रतिशत भेला गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्रपति जो बाइडनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वाशिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा सो उल्लेख छ । आक्रमण भएको अवस्थामा युरोपमा शरणार्थी संकट उत्पन्न हुने अधिकारीहरुले जनाएका छन् ।
रसियाली भूमिमा मध्येजनवरीदेखि हिउँ पर्ने र यसले मस्कोलाई अझै ठूला हतियार लैजान सहयोग मिल्ने अमेरिकी गुप्तचर निकायको सूचनालाई हवाला दिँदै अमेरिकी सञ्चार माध्यमहरुले यस्तो जानाकारी दिएका हुन् । युक्रेनसँगको सीमामा रसियाले १ लाखभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |