काठमाडौ, २३ माघ
सभामुख अग्निप्रसाद सापकोटा र कानुन, न्याय तथा संघीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु बिचमा भेटवार्ता भएको छ ।
लामो समय देखी अबरुद्ध हुदैँ आएको प्रतिनिधिसभा बैठकलाई सुचारु गर्नका लागि सभामुख सापकोटा र कानुन मन्त्री वडुका बिचमा भेटवार्ता भएको हो ।
‘कानुन मन्त्री संसद सचिवालयमा आउनु भएको थियो, सभामुख र कानुन मन्त्रीका बिचमा अबरुद्धा संसद सुचारु गर्ने बिषयमा छलफल केन्द्रित थियो,’ सभामुखका प्रेस बिज्ञ श्रीधर न्यौपानले भने, ‘संसदमा छलफलको वातावरण नभएको कुरा सभामुखले राख्दैँ त्यसका लागि वातावरण बनाउन सरकार र राजनीतिक दल दुवैले भुमिका खेल्नु प¥यो भन्ने सन्देश सरकारलाई पठाउनु भएको छ ।
उनका अनुसार अबरुद्ध संसद खुलाउन सरकारले पहल गर्ने र सभामुखले पनि नियमसंगत संसद सञ्चालन गर्ने बिषयमा दुवै पक्षमा बिचमा सहमति भएको छ ।
अपरान्ह संसद सचिवालय पुगेका कानुन मन्त्री बडुले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई टेबुल गर्न आग्रह गरे संसद सचिवालयले भने त्यसवारेमा स्पष्ट जानकारी दिएको छैन । ‘एमसीसी टेबुल गर्ने बिषयमा छलफल भयो कि भएन, त्यो बुझन पाएको छैन’ न्यौपानेले भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |