काठमाडौं, २३ माघ
अलेक्जेन्डर बोल्सुनोभले आईतबार स्वर्ण पदक जितेसँगै रुस ओलम्पिक कमिटी (आरओसी) ले बेइजिङ विन्टर ओलम्पिकमा पहिलो स्वर्ण पदक हात पारेको छ । आइतबार भएको पुरुषतर्फको स्कायाथलनमा एलेक्जेन्डरले स्वर्ण जित्दै रुसलाई पहिलो स्वर्ण पदक जिताएका हुन् ।
रुस हालसम्म सर्वाधिक चार पदक जित्ने टोली रहेको छ । उनले एक स्वर्ण पदक जित्दा दुई रजत र एक कास्य पदक जितेको छ । अलेक्जेन्डरले एक घण्टा १६ मिनेट ९ दशमलव ८ सेकेन्डमा स्वर्ण पदक जित्न सफल भए । आरओसीकै डेनिस स्पिटसोभ रजत तथा फिनल्यान्डका लिभो निस्कनेनले कास्य पदक जिते ।
हालसम्म १३ देशले पदक जित्दा ७ देशले स्वर्ण पदक हात पारेका छन् । दुई स्वर्ण जितेको नर्वे शीर्ष स्थानमा छ । रुससँगै स्लोभेनिया, चीन, नेदरल्यान्ड, न्युजिल्यान्ड, स्विडेनले एक-एक स्वर्ण पदक जितेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |