काठमाडौं, २३ माघ
इङ्ल्याण्डलाई चार विकेटले पराजित गर्दै भारतले आइसीसी यु-१९ एक दिवसीय क्रिकेट विश्वकपमा उपाधि जितेको छ । शनिबार सर भिभीयन रिचार्डस् स्टेडियममा सम्पन्न खेलमा इङ्ल्यान्डले दिएको १९० रनको लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
भारतका लागि शैक रासिदले र निशान्त सिन्धुले अर्धशतक प्रहार गरेका थिए । रासिदले ८४ बलमा ६ चौकासहित ५० रन गर्दा समान ५० रन जोडेका सिन्धुले ५४ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।
इङ्ल्यान्डका जोसुवा बोडेन, जेम्स र थोमस एस्पिनवेलले समान दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको इङ्ल्यान्डले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल खडा गरेको थियो ।
इङ्ल्यान्डका लागि जेम्स रेवले सर्वाधिक ९५ रनको योगदान गरे । उनले ११६ बलमा १२ चौका प्रहार गरेका थिए । यस्तै, जेम्स सेल्सले ३४, जर्ज थोमसले २७ तथा रेहान ऐमद र एलेक्स हर्टनले समान १० रन गरे ।
भारतका राज बाबाले पाँच विकेट लिँदा रविकुमारले चार र कुशल तम्बेले एक विकेट लिए । यो संस्करणसँगै भारतले सर्वाधिक पाँच पटक युवा एक दिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । त्यस्तै, इङ्ल्यान्डले एक पटक मात्रै युवा विश्वकपको उपाधि उचालेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |