काठमाडौं,२२ माघ ।
एजेन्सी
नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटिएको छ । नयाँ भेरिएन्ट भीबी पुरानो भन्दा निकै तीव्र गतिमा फैलने र शरीरको प्रतिरोधात्मक क्षमतालाई छिटै नोक्सान पुर्याउने भारतीय बेलायती सञ्चारमाध्यम डेलीमेलले जनाएको छ ।
नेदरल्याण्डमा मात्रै एक सय ९ जनामा नयाँ भेरिएन्ट देखिएको छ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनमा नेदरल्याण्डमा भेटिएको एचआईभीको नयाँ भेरिएन्ट निकै खतरनाक रहेको खबरमा उल्लेख छ । संक्रमितको रगतमा भाइरसको मात्रा पहिले भन्दा साढे तीनदेखि साढे पाँच प्रतिशतसम्म धेरै रहेको पाइएको र रोग प्रतिरोधात्मक क्षमता निकै गुमाएको पाइएको छ । तर उपचारपछि संक्रमितको अवस्थामा धेरै सुधार भइरहेको खबरमा उल्लेख छ ।
अक्सफोर्डका इपिडिमियोलोजिस्ट तथा अध्ययनको नेतृत्व गरेका क्रिस भायमेन्टले समाचार संस्था एएफपीलाई अन्तर्वार्ता दिँदै एचआईभीको नयाँ भेरिएन्टलाई लिएर धेरै चिन्तित हुनु नपर्ने बताउनुभएको छ । एचआईभीको औषधि खान छाडेका र बृद्ध मानिसमा यसले छिटो असर गर्ने उहाँको भनाइ छ । नयाँ भेरिएन्ट सन् १९८० मा नै उत्पन्न भएर सन् २०१० देखि घट्दै गएको र अहिले फेरि देखिएको हुनुसक्ने जनस्वास्थ्य वैज्ञानिकहरुले अनुमान गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |