प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी


    धादिङ २ मंसिर ।
    जापानको यसोहारा नगरपालिकाका उप–मेयर सहितको टोलीलाई धादिङको नीलकण्ठ नगरपालिकामा भव्य स्वागत गरीएको छ।नीलकण्ठ नगरपालिका र यसोहारा नगरपालिका बीच भगेंनी सम्बन्ध स्थापित भएपछि विकास साझेदारीमा सहयोग गर्ने उदेश्यले अनुभव साटासाट गर्नको लागि जापानीज टोली नीलकण्ठ नगरपालिका आएको मेयर भिम प्रसाद ढुङगानाले बताउनुभयो ।धादिङको नीलकण्ठ नगरपालिकालाई विकासमा सहयोग गर्नको लागि जापानको यसोहारा नगरपालिकाका उत्साहित भएको छ ।

    जापान र नेपालको धर्म, सम्प्रदाय र प्रकृती कतिपय पक्षहरु मिल्ने भएकोले जापानको इसोहारा नगरपालिकाका र निलकण्ठ नगरपालिका मिलेर अगाडी बढ्ने सहमित भएको मेयर ढुङगानाले बताउनुभयो । जापानीज भ्रमण टोलीमा यसोहारा नगरपालिकाका उप–प्रमुख,जाईका प्रमुख,जापानको विश्वविद्यालयका प्राध्यापक,निर्वाचित सदस्यहरुको सहभागिता रहेको थियो । दुई नगरपालिका बीच विकासमा साझेदारी भएपश्चात नीलकण्ठ नगरपालिकाको विकासको लागि कसरी अगाडी बढ्न सकिन्छ भन्ने उदेश्यले पनि यो भ्रमण फलदायी भएको छ ।

    जापानको यसोहारा नगरपालिकाले नीलकण्ठ नगपालिकाको विकास अन्तर्गत स्थ्य,शिक्षा,खानेपानी,सडक लगायतको क्षेत्रमा काम गर्नको लागि प्रतिबद्ध रहेको जनाएको छ। कुनै सहमतीमा हस्ताक्षर नभएपनी छिट्टै कुन–कुन विषयमा काम गर्ने हो त्यस बुँदामा द्धिपक्षीय सम्झौता हुने मेयर ढुङगानाले बताउनुभयो । जापानको यसोहारा नगरपालिकाका उम मेयर लगायतको टिमलाई नीलकण्ठ नगरपालिकामा भव्य स्वागत गरीएको थियो ।

    मेयर भिम प्रसाद ढुङ्गाना,उप मेयर मनराज भण्डारी,प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पौड्ेले,प्रशासकिय अधिकृत कल्पना शर्मा लगायत टिमले माला,ढाका टोपी र खादा ओढाएर स्वागत गरीएको थियो।जापानीज टोलीले सोमबारनै नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित एक आधारभुत विद्यालयको पनि अवलोकन गर्नुभएको छ ।